Prakash Adhikari July 8, 2026

काठमाडौं, २४ आषाढ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्ने क्रम जारी छ । यस दिन सुन प्रतितोला ९ सय रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुन तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रम जारी छ ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलामा ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Share Now