Prakash Adhikari July 23, 2026

काठमाडौं, ७ साउन । नेपालले आर्थिक वर्ष २०८२र०८३ मा विद्युत् व्यापारबाट ऐतिहासिक सफलता हासिल गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा संस्थाले विद्युत् व्यापारबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणले भारतीय खुला बजार र बंगलामा ंगरेर ३ अर्ब ८७ करोड ७४ लाख युनिट बिजुली प्रति युनिट औसत ७.५६ रुपैयाँमा बिक्री गरेको थियो ।

अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्ष निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक बर्ष २०८१र०८२ मा प्राधिकरणले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो

निर्यातमा भएको वृद्धि र आयातमा आएको संकुचनले गर्दा नेपालको ऊर्जा क्षेत्रमा उत्साहजनक सुधार देखिएको हो ।

Share Now