Prakash Adhikari August 17, 2026

 

भर्जिनिया(संयुक्त राज्य अमेरिका), १ भाद्र । नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी हुनुभएको छ। नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भातृ संस्था हो।

भर्जिनियामा जारी तेस्रो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेम्वाङ १ सय २८ मत अन्तरसहित सभापति पदमा विजयी हुनुभएको हो।

आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतगणना परिणामअनुसार नेम्वाङले २ सय ६६ मत हासिल गर्नुभयो।

अध्यक्ष पदमा चार जनाले मनोनयन दाखिला गर्नुभएको थियो । तर शनिवार साँझ भएको मतदानअघि अध्यक्ष पदका उम्मेद्वार अमृत सापकोटा र वेद खरेलले उम्मेदवारी फिर्ता लिंदै नेम्वाङलाई समर्थन गर्नुभयो। नेम्वाङ यसअघि महामन्त्री हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निकट मानिनुहुन्छ।

नेम्वाङका निकटतम प्रतिद्वन्द्वी सी.पी. पौड्यालले १ सय ३८ मत प्राप्त गर्नुभयो। पौड्याल यसअघि उपसभापति हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसको संस्थापनइतर पक्षधर मानिनुहुन्छ।

निर्वाचनमा कुल ४ सय ७३ मत खसेको थियो। अध्यक्ष पदका अन्य उम्मेदवारहरू सन्तोष पहारीले २८ मत र ध्रुव गौतमले १५ मत प्राप्त गर्नुभयो। ढिला गरी उम्मेदवारी फिर्ता लिएका वेदप्रकश खरेलको नाममा ११ मत परेको थियो।

कार्यसमितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट, उपसभापतिमा हरिप्रसाद शर्मा,निमा बोम्जन र सञ्जीव श्रेष्ठ ,श्रीराम थापा युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायण पी खरेल विजयी हुनुभएको छ ।

कार्यसमितिका १६ जना केन्द्रीय सदस्यहरुमा खेमराज बास्तोला,हरिप्रसाद खनाल,राजु पीएस रौनियार, देविराम ओली, पवन शर्मा, बलबहादुर केसी,मिनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आड.दम्बे, राजेन्द्र रेग्मी,दिनेश दागी, नवराज न्यौपाने, रोशनकुमार ढुंगाना, नेत्र के.सी र अनिल आर पाण्डेय निर्वाचित हुनुभएको छ ।

 

May be an image of text that says 'नेपाली जनसम्पक समित, अमेरिका 不 मतगणना ਸित ਰੋਸ਼ो अधिवेशनको निर्वाबन मतुगयना मतगजना Vease: उम्मेदवारको नाम ती.पी.बोठ्चाल समृत एन.सापकोटा जम्मा केफियत मत 13. मतगजना बरम Round: सभापति सभापति सभापति सभापति सभापति सभापति वारिष्ठ उपसभाप उम्मेदवारका नाम मतगजना జికో जन्मा केरियत विजयी उपसभापति गणेसराज भण्डारी उपसभाषत उपसतभापत महामन्त्रा कलजान महामन्त्ी पतीकपाण्डे महामंती सनाल सवेदी बाहाल अधिकाया बाहाल 900 289 959 X2 १६७ 208 98大 9C8 SK उपसभाषात महामन्ता विजया 16τ SE बडयी उपसभपत उपसनापात उपसनापात उपसनाचाਰ उपसभापत उपसनापत उपसभापत 950 990 िजयदी 929 900 คศร 9枚 बिडशी मतगणना प्रमाभीकर प्रमुख निवांचन भपुक्त विप्ठीरजमण्डाय निर्वाबन आयुक्त गीतम' निर्वाबन आायुक्त mov/ex मोहनबाब्वा निवाचन'

Share Now