Prakash Adhikari October 27, 2018

 

कोलम्बो(श्रीलंका),१० कार्तिक । श्रीलंकामा भएको नाटकीय राजनीतिक घटनाक्रममा पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री राजापाक्षेको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बीबीसी सिंहाली के संवाददाता आज़म अमीनका अनुसार साविक प्रधानमन्त्री, रानिल विक्रमसिंघेले उनीसंग संसद बहुमत रहेको दावी गर्दै बहुमत रहेसम्म प्रधानमंत्री रहिरहने दावी गरिरहनुभएको छ ।

मन्त्रिपरिषद्का प्रवक्ता तथा मन्त्री रजिता सेनारत्नेले बीबीसीलाई रानिल विक्रमासंघे नै श्रीलंका के प्रधानमंत्री भएको बताउनुभएको छ ।

महिन्द्रा राजापाक्षेले ट्विटरमा आपूm श्रीलंकाको प्रधानमंत्री नियुक्त भएको बताउनुभएको छ भने रानिल विक्रमासिंघेले पनि ट्विटरमा आफूलाई नै प्रधानमंत्री दावी गर्नुभएके छ ।

अर्थ तथा सञ्चार मन्त्री मंगला समरवीराने राजापाक्षेको नियुक्ति असंवैधानिक बताउनुभएको छ ।

 

विरोधीलाई प्रधानमंत्री

महिन्द्रा राजापाक्षेलाई मौजूदा राष्ट्रपति सिरीसेनाले राष्ट्रपति चुनावमा हराउनुभएको थियो ।

आफ्नै विरोधीलाई प्रधानमन्त्री बनाएर मैत्रीपाला सिरीसेनाले सबैलाई आश्चर्य चकित बनाउनुभएको छ ।

राष्ट्रपति सिरीसेनाले यो निर्णय उहाँको साथ गठबन्धनमा रहेको प्रधानमन्त्री रनिल विक्रमसिंघेको दलले सरकार छोड्नलागेको हल्ला आउनासाथ लिनुभएको देखिन्छ ।प्रधानमन्त्री रानिल विक्रमासिंघेको यूएनपी पार्टी सिरिसेनाको पार्टीसगै सरकारमा रहेको थियो ।

आर्थिक नीति तथा दैीनक प्रशासनिक कामकाजलाई लिएर सिरीसेना र प्रधानमंत्री विक्रमासिंघे के बीच मतभेद सिर्जना भएको बताइन्छ ।

यसअगाडि यूएनपीले राष्ट्रपतिसंग प्रधानमंत्री रानिल विक्रमासिंघेलाई हटाउने कुनै अधिकार नभएको बताएको थियो ।

गठबंधन सरकारमा मन्त्री रहनुभएका यूएनपीका वित्त तथा सञ्चार मन्त्री मंगला समरवीरा ट्वीटरमा , राजापाक्षेलाई प्रधानमन्त्रीको रूपमा नियुक्ति दिनु असंवैधानिक तथा गैरक़ानूनी भएको र यो कदमा लोकतंत्र विरोधी कू भएको बताउनुभएको छ ।

Share Now

Leave a comment.