सानोठिमी(भक्तपुर),२३ मंसिर । शिक्षा सेवा आयोगले २०७५ असार ३० गते कार्यरत अस्थायी शिक्षकहरलाई स्थायी गराउने सन्दर्भमा लिएको लिखित परीक्षाको सात जिल्लाहरुको नतिजा आज प्रकाशित गरेको छ ।
आयोगको वेभसाईटमा उल्लेख भएअनुसार आज ओखलढुंगा,बर्दिया,उदयपुर,सप्तरी,जाजरकोट,दैलेख र सुर्खेत जिल्लाको परीक्षाफल प्रकाशित भएको हो ।
आयोग लिएको परीक्षामा उत्तीर्ण हुनेहरुको नामावली यस हेर्नुहोस् :
http://tsc.gov.np/doc/154435821131.Final_compile_Written_result_Primary_Okhaladhunga0750823.pdf
http://tsc.gov.np/doc/154435827129.Final_compile_Written_result_Primary_Bardiya%200750823.pdf
http://tsc.gov.np/doc/154435832228.Final_compile_Written_result_Primary_Udayapur%200750823.pdf
http://tsc.gov.np/doc/154435840527.Final_compile_Written_result_Primary_Saptari%200750823.pdf
http://tsc.gov.np/doc/154435851632.Final_compile_Written_result_Primary_Jajarkot0750823.pdf
http://tsc.gov.np/doc/154435854430.Final_compile_Written_result_Primary_Dailekha0750823.pdf
http://tsc.gov.np/doc/154435873233.Final_compile_Written_result_Primary_Surket0750823.pdf
आयोगले परीक्षामा उत्तीर्ण शिक्षकहरुलाई अन्तरवार्ताको लागि उपस्थित हुन पनि अनुरोध गरेको छ ।
अन्तरवार्ताको केन्द्र,मिति र समय यसप्रकार छ :
ओखलढुङ्गाबाट परीक्ष दिनेको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, उदयपुर २०७५/०९/२२ गते १०१ र १०२ सवै २०७५/०९/२३ गते १०३ सवै(विहान ८ः००वजेदेखि र दिउँसो१ः०० वजदेखि)
वर्दियाबाट परीक्षा दिने सबै शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, वाँके २०७५/०९/१८ गते १०१ र १०२ सवै २०७५/०९/१९ गते १०३ सवै) विहान ८ः०० वजेदेखि र दिउँसा१ः०० वजदेखि)
उदयपुरबाट परीक्षा दिने सबै शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, सिरहा २०७५/०९/१८ गते १०१ र १०२ सवै २०७५/०९/१९ गते १०३ सवै(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
सप्तरीबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ; शिक्षा विकास तथा समन्वय इकाइ, सिरहा २०७५/०९/१८ गते सवै विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
जाजरकोटबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ; शिक्षा विकास तथा समन्वय इकाइ, वाँके २०७५/०९/१८ गते १०३ सवै २०७५/०९/१९ गते १०१ र १०२ सवै(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
दैलेखबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ; शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेत २०७५/०९/२२ गते १०१ र १०२ सवै २०७५/०९/२३ गते १०३ सवै(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
सुर्खेतबाट परीक्षा दिने सबै शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, वाँके २०७५/०९/२० गते १०२ सवै २०७५/०९/२१ गते १०३ सवै(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
आयोगले परीक्षाको नतिजामा चित्त नबुझ्ने शिक्षकहरुलाई पुस ३ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालय सानो ठिमी भक्तपुरमा रु २५० रुपैया तिरी प्रवेशपत्रको प्रतिलिपीसहित पुनर्योगको लागि निवेदन दिन समेत सूचित गरेको छ ।