Prakash Adhikari January 8, 2019

काठमाडौं, २४ पुस । संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ ।

प्रतिनिधि सभामा पुस २३ गते दिउसो ३ बजे दर्ता भएको सो प्रस्तावको समर्थकमा सांसद सञ्जय गौतम र रंगमती शाही रहनुभएको छ ।

पछिल्लो ५ बर्षमा भएका ४० हजार ७ सय ७७ दुर्घटनामा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको बार्षिक सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको भयावह तथ्यांक प्रस्तुत गर्दै सांसद डा.संग्रौलाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा समसामयिम संशोधनका साथै सडक सञ्जाल र सडकको स्तरोन्नति, दोबाटो र चौबाटोहरुका आकाशे पुल, सब बे र अण्डरपासको व्यवस्था, दक्ष चालकको व्यवस्था, यातायातको नियमित परीक्षण, कच्ची सडक सुधार र सडक तथा यातायातका बारेमा यात्रु वा सर्वसाधरणमा जनचेतना जस्ता विषयमा ध्यान दिन आग्रह गनुहुनेछ ।

सांसद डा.संग्रौलाले सडक सुरक्षाको व्यबस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बहानहरुलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चातको उद्धार र स्याहारको तदरुकतापूर्वक व्यवस्थापनलाई सघाउने उद्देश्यले सो प्रस्ताव दर्ता गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल सरकारले अनुमोदन गरेको राष्ट्रसंघीय दिगो बिकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडकजन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाईतेहरुको सख्या घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार र सरोकारवालाहरु निकायलाई घच्घच्याउन पनि सो प्रस्तावले सघाउने उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन सो सार्वजनिक प्रस्ताव दर्ता गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिले प्रतिनिधिसभाको बैठक बस्ने दिन यस विषयमा छलफल हुनेसक्ने भएकोले उपस्थित हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवलाई उपस्थितिका लागि ध्यानाकर्षण गरिसकेको छ ।

Share Now

Leave a comment.