
दुईपिप्ले(लमजुड.),३० बैशाख। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १ सय २४ पुगेको छ ।
लमजुड., तनहुँ र कास्की तिन जिल्लाको संगमको रुपमा रहेको दुईपिप्लेले लमजुड.का सोतिपसल, तनहुँका सत्रशय र शिशाघाटका सार्थ कास्कीको पोल्याड.आसपासका क्षेत्रमा सेवा पुर्याउन सक्छ ।
उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।