
काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जेष्ठ १ गते बस्ने भएको छ ।
चालु बजेट अधिवेशनलाई ध्यानमा राख्दै नेपाली कांग्रेसले सरकारले ल्याउने बजेट, संसदमा सरकारका तर्फबाट दर्ता गरिएका र अधिक विवादास्पद विधेयकहरु राष्टिय सुरक्षा परिषद विधेयक, राष्टिय मानव अधिकार आयोग सम्बन्धी विधेयक र मिडिया काउन्सिल सम्बन्धी विधेयकका बारेमा पनि आफ्ना सांसदहरुलाई जानकारी दिनेछ ।
बैठक बुधबार बिहान ९ः ०० बजे संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।