काठमाडौं,३० असोज। मुक्तिनाथ विकास बैंकले ५८ प्रतिशत शेयर किनेपछि भिवोर क्यापिटलको नाम फेरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ।
पूँजी बजारमा शेयर निष्कासन,विक्री प्रबन्धक, पोर्टफोलियो म्यानेजमेण्ट, एड्भाइजरी सर्भिस दिने गरी आफ्नै मर्चेन्ट बैक बनाएको मुक्तिनाथले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवर्धनको लागि मुक्तिनाथ कृषि कम्पनी पनि स्थापना गरेको छ।
मुक्तिनाथले समावेशी वित्तीय सेवाको अलावा कृषि र पूँजीबजारमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
मुक्तिनाथ क्यापिटलको पूँजी २० करोड रुपैयाँ छ।
तत्कालिन भिवोर बैंकअन्तर्गत यो क्यापिटल थियो।भिवोर बैंक र लुम्बिनी फाइनान्स गाभिएर लुम्बिनी विकास बैंक बनेपछि नयाँ ब्यवस्थापनको ध्यान लुम्बिनीलाई उकास्नमा गयो । मर्चेन्ट बैंकतिर त्यति ध्यान दिन नसकेकोले यसका गतिविधि ठप्प जस्तै थिए । मुक्तिनाथले ब्यवस्थापन सम्हालेपछि कम्पनी आक्रामक रुपमा आउने आशा कम्पनीका अध्यक्ष भरत ढकालले लिनुभएको छ ।


















