Prakash Adhikari October 17, 2019

 

काठमाडौं,३० असोज । सानिमा बैंक लिमिटेडको असोज २९ गते बुधबार सम्पन्न १५औं वार्षिक साधारणसभाले २१ प्रतिशत लाभांश पारित गरेको छ सफलता पूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५। ७६ मा २ अर्ब २६ करोड खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२ अर्ब २८ करोड तथा खुद कर्जा सापटी ८३ अर्ब ४४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७४र७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

Share Now

Leave a comment.