Prakash Adhikari October 17, 2019

कीर्तिपुर(काठमाडौं),३० असोज । नेपालको पहिलो वुमन्स टी २० लिग अन्तरगत बिहीबार भएको खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टन्सलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको काठमाडौंले कप्तान रुबिना क्षेत्रीको अर्धशतकमा ५ विकेटको क्षतिमा १ सय ५२ रन जोडेको थियो।

खेलमा रुबिनाले ६७ बलमा १४ चौका र २ छक्का हिर्काउदै नटआउट ८३ रन जोडिन्।

काठमाडौंलाई रोक्ने क्रममा पोखराकी अनुराधा चौधरीले ४ विकेट हात पारिन्।

१ सय ५३ रनको लक्ष्य पछ्याएको पोखरा १६.५ ‌ओभरमा ७० रनमा अलआउट भयो। उसका लगि कप्तान सीता रानामगरले सबैभन्दा बढी १७ रन जोडिन्।

बलिङमा काठमाडौंकी सरस्वती चौधरी र अप्सरी बेगमले २।२ विकेट लिए।

यसअघि बुधबार भएको पहिलो खेलमा काठमाडौंलाई चितवन राइनोजले ५ विकेटले हराएको थियो ।

Share Now

Leave a comment.