Prakash Adhikari November 4, 2019

 

कीर्तिपुर(काठमाडौं), १८ कार्तिक । नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाली राष्ट्रिय क्रिकेट टिमले ५ विकेटले पराजित गरेको छ ।

आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली यु १९ टिमलाई ३८ रनले पराजित गरेको थियो।

नेपाल भ्रमण रहेको एमसीसीले बुधबार देखि नेपाली सिनियर टिमसंग ३ दिवसीय प्रथम श्रेणी खेल खेल्नेछ।

टियु मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको एमसीसीले ३९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १ रनको योगफल तयार गर्दै नेपाललाई २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले निर्धारित लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

नेपालको लागि बिनोदले अविजित ५२ तथा पवनले अविजित ३८ रन बनाए। यस अघि शरद भेसावकर २४, आरिफ शेखले २३, दिपेन्द्र ऐरि २३, ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे ४ रन बनाएका थिए।

खेलमा पहिले ब्याटिंग गरेको एमसीसीले राम्रो २ सय १ रन जोडेको थियो।

एमसीसीको लागि ओपनरद्धय विल रोड्सले सर्वाधिक ५४ तथा बिल्ली गडलेमेनले ५२ रन बनाएका थिए। एमसीसीका विल भान्डरस्परले ३६ रन बनाउनु बाहेक मध्ये क्रमका र तल्लो क्रमका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् र टीम ३९.५ ओभरमा २ सय १ रनमै समेटिन पुग्यो।

नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर ललित राजबंशी र अफ स्पिनर पवन सर्राफले ४ । ४ विकेट तथा करन केसी र अविनाश बोहराले समान १ । १ विकेट लिए।

Share Now

Leave a comment.