Prakash Adhikari January 12, 2020

 

काठमाडौं, २५ पौष । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको ६० औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभोल२३ वर्षपछि शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

साधारण सभामा शेयरधनीहरुले बैंकले स्प्रेड दर, बेस रेट लगायतका सूचकहरुमा राम्रो सुधार गर्दै लगेपनि खुद ब्याज आम्दानी घटेकोमा चिन्ता प्रकट गरेका थिए । उनीहरूले खराब कर्जा असुलीमा विशेष ध्यान दिन सञ्चालक समिति र व्यवस्थापनको ध्यानाकृष्ट गरेका थिए ।

साधारण सभामा बैंकका अध्यक्ष बासुदेव अधिकारीले बैंकले खराव कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिंदै राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउनुपर्ने निर्देशन दिएका कारण खुद ब्याज आम्दानी घटेको बताउनुभयो।

साधारण सभामा बैंकको अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोही अनुसार बैंककको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

Share Now

Leave a comment.