Prakash Adhikari January 23, 2020

 

काठमाडौं, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) को संचालक समितिको अध्यक्षमा प्रतिष्ठित व्यवसायी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

उहाँले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिइ पदभार ग्रहण गरिसक्नुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री भैसक्नुभएका श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक वहन गरिसक्नुभएको छ ।

इटालीका अवैतनिक महावाणिज्य दूत समेत रहनुभएका अध्यक्ष श्रेष्ठ युनाइटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी एन.ई ग्रुपका अध्यक्ष समेत हुनुुहुन्छ ।

सपथग्रहण पछि कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाई नयाँ उचाईमा पु¥याउन आफू प्रतिवद्ध रहने बताउनुभएको थियो ।

कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण शेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

Share Now

Leave a comment.