Prakash Adhikari March 13, 2020

 

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ।

निवासमा उहाँलाई बृद्ध पिताले आशिर्वाद दिनुभएको थियो ।

निवास फर्किएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले आफ््नो मृगौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरु र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको बिशेष बैठक बसेको थियो। प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. उत्तम शर्माका अनुसार प्रधानमन्त्रीको पेटमा ड््ेन पाइप राखिएकाले तीन दिनमा पुन आउने गरी डिस्चार्ज गरिएको हो। तीन दिनपछि पुनः चेकजाँच गरेर पेटको पाइप निकाल्ने या राखिरहने निर्णय चिकित्सकहरुले लिने बताइएको छ ।

प्रधानमन्त्री १२ दिन अस्पताल बसाइँपछि निवास फर्किनुभएको हो । उहाँको मृगौला प्रत्यारोपण भएको भने १० दिन भएको छ ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज हुनुभएको हो।

अस्पतालले पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको जनाइएको छ । तर ठूलो सल्यक्रियापछिको १० औं दिनमा नै अस्पतालबाट डिस्चार्ज भएकोले प्रधानमन्त्रीको स्वास्थ्यवस्था नाजुक देखिन्छ ।

अस्पतालबाट निस्केर गाडीसम्म ल्याउदा उहाँलाई उभिन र पाइला सार्न निकै सकस भएको थियो । यस्तो अवस्था निवासमा आउदा पनि यथावत थियो । उहाँका दुवै पाखुरमा एकएकजना सहयोगीले समातेर उहाँलाई आडभरोसा दिइएको थियो ।

No photo description available.

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो , प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई नातामा भान्जी पर्ने ३२ बर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बुधबार नै उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो। यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Share Now

Leave a comment.