Prakash Adhikari April 17, 2020

काठमाडौं, वैशाख । नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेर ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस संक्रमित बिरामी थपिएका पछि सख्यामा बढोत्तरी भएको हो ।

शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका उदयपुरका १२ जनामध्ये केही भारतीय रहेका छन् ।

https://www.facebook.com/mohpnep/videos/318926469072887/

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले उदयपुर जिल्लामा भेटिएका १२ जना नै पुरुष रहेका जनाएको छ । मन्त्रालयले कोरोना संक्रमित मध्ये ४ जना २८ बर्षका २ जना २९ बर्षका अन्यमा २०,२२,२५,२६,३४ र ४० बर्षका व्यक्ति भएको जनाएको छ ।

चितवनमा भेटिएका दुइ जना पुरुषमध्ये एक जना २७ र अर्का ६३ बर्षका रहेको जनाइएको छ ।

नेपालका पहिलो संक्रमित उपचार पछि निको भएर घर फर्किइसकेका छन् ।

Share Now

Leave a comment.