काठमाडौं, ६ बैशाख । कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका दुई बिरामी शनिवार निको भएर घर फकिएका छन् ।
कोरोनाभाइरसमाथि विजय पाउने दुवै जना महिला हुन ।
नेपालमा फेला परेका संक्रमितमध्ये चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठलाई पूर्ण निको भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको र शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले अस्पतालले डिस्चार्ज गरेको हो ।
प्रशिद्धि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी आउनुभएको थियो।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशिद्धि स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुग्नुभएको थियो । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रसिद्धि आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई बाग्लुड.कै धौलागिरि अस्पतालमा उपचार गरिएको छ ।
मनकुमारी पनि डिस्चार्ज

कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि धौलागिरी अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ३ निवासी ६५ वर्षीया मनकुमारी पौडेल पनि डिस्चार्ज हुनुभएको छ। पौडेललाई लाई धौलागिरि अञ्चल अस्पतालले उपचार थालेको १७औँ दिनमा शनिबार डिस्चार्ज गरेर घर पठाएको हो।
धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उहाँलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको हो।
मानकुमारी नेपालमा कोरोनाभाइरस संक्रमित छैटौं बिरामी हुनुहुन्छ
अस्पतालबाट डिस्चार्ज हुने क्रममा श्रेष्ठ र पौडेल दुवैले आत्मविश्वास र अठोटले कोरोनालाई जितेरै छाडेको बताउनुभएको छ ।
दुवैजनाले डाक्टरसहितका स्वास्थ्यकर्मीले औषधोपचारको अवधिमा राम्रो व्यवहार गरेको बताउनुभएको छ।
नेपालमा सबैभन्दा पहिले चीनबाट आएका पुरुषमा गत माघ ९ गते कोरोना देखिएको थियो। पहिलो बिरामी पनि उपचार पछि निको भइ घर फिर्ता भएका छन् ।
एक नयाँ संक्रमित फेला

यसैबीच स्वास्थ्य मन्त्रालयले उदयपुरका एक ६५ बर्षीय पुरुषमा कोरोनाभाइरस पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
बिराटनगरमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो ।उनी पनि तीनै संक्रमित व्यक्तिहरु रहेको समूहमा संगै बस्ने गरेको पत्ता लागेको छ
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले विराटनगरस्थित कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको र सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक टे«सिङ पनि शुरु गरिएको जानकारी दिनुभएको छ ।
नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो ।
नेपालमा अहिलेसम्म ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।


















