Prakash Adhikari April 19, 2020

 

काठमाडौं, ७ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ ।

उक्त रकम मध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा र सातै वटा प्रदेशलाई ५/५ लाख रुपैयाँ सहयोग गरिएको बैकले जनाएको छ ।

बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम शुक्रबार जम्मा गरिदिएको जनाएको छ । प्रदेशतर्फ भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई ५ / ५ लाख रुपैयाको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बैंकले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई पनि कोरोनाभाइरस रोकथाम, नियन्त्रण र संक्रमित विरामीको उपचारको लागि ५ । ५ लाख रुपैयाको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरिएकोे जनाएको छ ।

Share Now

Leave a comment.