Prakash Adhikari May 23, 2020

 

काठमाडौं, १० जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या ५ सय ४८ पुगेको छ । शनिवार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिवार बिहान एक प्रेस विज्ञप्तिमार्फत दिनुभएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूनमा परीक्षणमा २३ जनामा संक्रमण देखिएको छ । जसमा कपिलवस्तु वाणगंगा नगरपालिकाका ८, सर्लाही गर्तैडा र कविलासी नगरपालिकाका १३, बारा कर्मैया गाँउपालिका र काठमाडौंका एक एक जना रहेका छन् ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा रुपन्देही जिल्लाका गैडहवा र रोहिणी गाउँपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणमा भरतपुर महानगरपालिका ६ का एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

No photo description available.

शुक्रबार ५९ जना थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारमात्रै देशभरमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको थियो ।
मन्त्रालयले साँझको विज्ञप्तिमा हेटौँडा, भक्तपुर सप्तरी र बाराका बासिन्दाहरू रहेका बताइएको थियो।

साँझ थपिएका सङ्क्रमितमध्ये मकवानपुर, भक्तपुर र सप्तरीका एक एक जना छन् बाराका छ जना छन्।

बाराको सिम्रौनगढमा फेला परेका छ सङ्क्रमितलाई सिम्रौनगढस्थित क्वारन्टाइनबाट कलैयाको विशेष अस्पतालमा लगिएको थियो।

उनीहरू विभिन्न मितिमा भारतबाट आएका थिए।

No photo description available.

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाउनुभएको थियो।

यसअघि अपरान्ह मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड १९ देखिएको जानकारी दिनुभएको थियो।

त्यस्तै बिहान मन्त्रालयले ३० जनामा कोभिड १९ पुष्टि भएको बताएको थियो।


डा. देवकोटाका अनुसार कैलालीका तीन जना, डडेलधुराका एक जना, बैतडीका एक जना, बाँकेका १४ जना र मोरङका एक जनामा सङ्क्रमण देखिएको हो।

कैलालीका सङ्क्रमितहरू क्‍वारेन्टाइनमा भएका व्यक्ति हुन्।

बाँकेका सङ्क्रमितमध्ये एक जना राप्ती सोनारीका र १३ जना नरैनापुरका हुन्।

बिहान पुष्टि भएका ३० जनामध्ये चार जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १५ जना सर्लाहीका हुन्।

मन्त्रालयका अनुसार शुक्रबार बिहान बाँकेमा २१ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। उनीहरू सबै नेपालगञ्जका थिए।

देशभरि भाइरसमुक्त भएर निको हुनेको सङ्ख्या ७० पुगेको छ।

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड १९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।

Image may contain: text

डा. देवकोटाका अनुसार दिउँसोसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार शुक्रबार दिउँसोसम्म देशभरि २७,८२९ जना क्वारेन्टाइनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै थिए।

प्रदेश नं ५ मा १५,९९९ जना क्वारेन्टाइनमा थिए। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना थिए।

Share Now

Leave a comment.