काठमाडौं, ४ साउन । आषाढ १८ गतेदेखि किस्ता किस्तामा स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिको आजको निर्धारित बैठक पुनः दुई दिन पर सरेको छ ।
संघीय संसदमा झण्डै दुई तिहाई सांसदहरु भएको सत्तारुढ नेकपाको सरकारले बितेका अढाई बर्षमा जनताको हितमा देखिने गरी काम गर्न नसकेको र प्रधानमन्त्रीसहित उहाँका साखुल्ले बन्ने प्रायः सबै मन्त्रीहरु भ्रष्टाचारमा लिप्प भएकोले प्रधानमन्त्रीको राजिनामा माग्न थालिएपछि प्रधानमन्त्री के.पी.शर्मा ओलीले पार्टीको स्थायी समितिको बैठकलाई अड्काउदै आउनुभएको छ ।
आषाढ १० गते आरम्भ भएको स्थायी समितिको बैठक पहिलो दिन अध्यक्षद्धय प्रधानमन्त्री के.पी.शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्तब्यपछि विसर्जन भएको थियो ।
एक दिन पछि सुरुभएको दोस्रो बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनुभएन भने १३ गतेको तेस्रो बैठकमा केही बेर उपस्थित भएर उहाँ बाहिरिनुभयो । १४ गते तात्कालीन नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा प्रधानमन्त्री के.पी. ओलीले आफूलाई भारतले सत्ताबाट हटाउन चाहेको र आफ्नै पाटीका साथीहरु त्यसको गोटी बन्नुभएको आरोप लगाउनु भयो ।

१५ गते बैठक बसेन । १६ गते बसेको चौथो बैठक निर्धारित कार्यसूचिबाट बहकियो र प्रधानमन्त्रीले १४ गते बालुवाटारबाट आफ्ना विरुद्धमा रहेकाहरुलाई भारतीय दलाल भनेर आरोपित गर्नुभएको विषय र प्रधानमन्त्रीले पार्टी विभाजन गर्ने उद्देश्यले निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता गराउनुभएको भन्ने विषयमा केन्द्रित हुँदै प्रधानमन्त्रीले राजिनामा दिने विषयमा केन्द्रित भयो । त्यसदिन बोल्ने आठै जनाले प्रधानमन्त्रीको राजिनामा माग्नुभयो ।
१७ गतेको बैठक पनि निर्धारित कार्यसूचिमा प्रवेश नगरी प्रधानमन्त्रीको राजिनामामा केन्द्रित भयो । सो दिन जम्मा ५ जनाले बोलेका थिए ।
प्रधानमन्त्रीले पार्टी विभाजन गर्ने तयारी भएको भन्दै पार्टीभित्र तीव्र ध्रुवीकरण भएको र प्रधानमन्त्रीको राजिनामा मागिएकै अवस्थामा १८ गते ११ बजेदेखि बालुवाटारमा स्थायी समितिको बैठक बसेकै समयमा प्रधानमन्त्री ओलीले आफ्नो निवासको बैठककक्षमा दिउँसो १२ बजे मन्त्रिपरिषदको बैठक राखेर सो दिन साँझ ५ बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गराउन राष्ट्रपतिमा सिफारिस गरिदिनुभयो । र राष्ट्रपतिले तत्कालै संसद सचिवालयमा पत्र पठाएर कार्यान्वयन गरिदिनुभयो ।
यसरी प्रधानमन्त्रीले संघीय संसदको प्रतिनिधिसभाका सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,पार्टीका संयुक्त अध्यक्ष,पार्टीका शीर्ष नेता, पार्टी सचिवालय र जारी स्थायी समितिको बैठक कही कतै कुनै सल्लाह नगरि सुझाव नलिई अप्रत्यासित रुपमा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि दुई अध्यक्षका बीचमा सहमति कायम गरेर बैठक सुचारु गर्ने गरी स्थगित भएको नेकपाको जारी स्थायी समितिको बैठक दुई दुई दिनको किस्तावन्दीमा स्थगित हुँदै आयो र २६ गते निर्धारित बैठकलाई देशमा बाढी,पहिरो आएर धनजनको क्षति हुन थालेकोले सबै कार्यकर्तालाई पीडितहरुको उद्धार,राहत र पुनस्थापनामा जुट्न आह्वान गर्दै साउन २ गतेसम्म स्थगित गरिएको थियो ।
साउन २ गतेको बैठक सुचारु गर्नका लागि पार्टी अध्यक्षहरुबीच भएको बैठक परिणाममूलक नभएपछि साउन १ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत राखेर बैठक बसेको थियो । तर सो बैठकमा समेत कुनै सहमति कायम नभएपछि फेरी दुई अध्यक्षको जिम्मामा रहेको सहमति कायम नभएपछि २ गतेको बैठक ४ गतेसम्म स्थगित गरेर ३ गते सचिवालय बैठक राखियो । ३ गते सचिवालय बैठकमा समेत सहमति नजुटेपछि आजको लागि निर्धारित बैठक साउन ६ गतेसम्मका लागि सारिएको छ । हेरौ त्यतिवेलासम्म के हुन्छ ?
https://www.facebook.com/surya.thapa.754918/posts/3169090389850110
https://www.facebook.com/surya.thapa.754918/posts/3167127750046374
https://www.facebook.com/surya.thapa.754918/posts/3163559373736545
https://www.facebook.com/surya.thapa.754918/posts/3144906998935116
https://www.facebook.com/surya.thapa.754918/posts/3143922382366911
https://www.facebook.com/surya.thapa.754918/posts/3132925536799929
https://www.facebook.com/surya.thapa.754918/posts/3127584544000695
https://www.facebook.com/surya.thapa.754918/posts/3124614284297721
https://www.facebook.com/surya.thapa.754918/posts/3122863541139462
https://www.facebook.com/surya.thapa.754918/posts/3122534071172409
https://www.facebook.com/surya.thapa.754918/posts/3119457268146756
https://www.facebook.com/surya.thapa.754918/posts/3119396231486193
https://www.facebook.com/surya.thapa.754918/posts/3117340988358384
https://www.facebook.com/surya.thapa.754918/posts/3108619205897229
https://www.facebook.com/surya.thapa.754918/posts/3105849389507544
https://www.facebook.com/surya.thapa.754918/posts/3105230516236098
https://www.facebook.com/surya.thapa.754918/posts/3100215053404311


















