Prakash Adhikari July 19, 2020

 

काठमाडौँ , ४ साउन । प्रतिनिधिसभाकी समानुपातिकबाट निर्वाचित सांसद दिलकुमारी छन्त्यालको निधन भएको स्थानमा चयन हुनुभएकी सांसद सुवर्ण ज्वारचनले आज प्रतिनिधिसभाको सदस्यको पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई संसद सचिवालयस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांग्रेसकोतर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो ।

समानुपातिकबाट चयन हुनुभएकी छन्त्यालको असार १७ गते निधन भएको थियो । उहाँ बाग्लुड.की हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस २०७४ सालको प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची कायम गर्दा छन्त्यालको पछि ज्वाहरचनको नाम उल्लेख गरेको थियो । प्रतिनिधिसभा निर्वाचन नियमावलीमा समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएपछि हेरफेर गर्न पाइदैन र उक्त सूचीमा रहेको प्राथमिकताका आधारमा दलले प्राप्त गरेको मतसंख्याको आधारमा योग्य उम्मेदवारलाई निर्वाचन आयोगले चयन गरी निर्वाचित भएको प्रमाण पत्र दिन्छ ।

छन्त्यालको पछि ज्वारचनको नाम उल्लेख भएकोले ज्वारचनको सांसद बन्ने भाग्य खुलेको हो ।

ज्वाहरचनको घर भने गुल्मी हो ।

Share Now

Leave a comment.