Prakash Adhikari July 23, 2020

काठमाडौं, साउन ८ । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगादेखि मौवा खोलासम्म १ सय ५२ स्थानमा पहिरो गएको छ ।

सडकको स्थलगत अनुगमनपछि प्रधानमन्त्रीका विकास निर्माण विज्ञ गजेन्द्र थपलियाले सो जानकारी दिनुभएको हो ।

राजधानी काठमाडौंलाई देशका अन्य भागसंग जोड्ने पक्कि सडक भएकोले नागढुंगा नारायणगण सडकलाई राजधानीको जीवन रेखा नै मान्ने गरिएको छ ।

राजधानीमा चाहिने खाद्यान्न,तरकारी, अन्य दैनिक उपभोग्य देखि विकास निर्माण सामग्री ल्याउने र देशका अन्यभागबाट राजधानी पस्ने मुख्य मार्ग भएकोले यसको अवस्था बुझ्न थपलियासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले बुधवार स्थलगत रूपमा निरीक्षणमा निस्केको थियो ।

बाढीले पृथ्वी राजमार्गको मौवा खोलाले पुलको एप्रोच सडक पूर्ण क्षति गरेको बताउदै उहाँले अझै कम्तिमा ३ दिनमा मात्र सवारी आवागमन सुचारू गर्न सकिने बताउनुभएको छ ।

निरीक्षणमा धादिङ्गका सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय प्रमुख जनन्नाथ नेपाल भौतिक पूृर्वाधार तथा यातायात व्यावस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, उपमहानिर्देशक दिपक भटराइ र भिमार्जुन अधिकारी बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पित्त बहादुर डल्लाकोटी धादिङ्गका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका कर्णेल, धादिड.का प्रहरी प्रमुख, सडकका डिभिजन प्रमुख निस्केको थियो।

लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ ।काठमाडौँतर्फ जाने सयौँ सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् ।


बाढीले भत्काएको पुल र सडक जोड्ने १२ मिटर भागमा सडक डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार कुनै समस्या नआए बिहीबार बेलुकीसम्ममा राजमार्ग खुल्न सक्ने अवस्था छ। अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति भत्किएको भाग मर्मतमा लागेका छन् ।

पृथ्वीराजमार्ग क्षेत्रमा ११ वटा ठूला पहिरा छन् । पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।
पृथ्वी राजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेदो आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध मार्ग भने एकातर्फी खुलाइएको छ ।

सदरमुकाम प्रवेश गर्ने नुवाकोट तिरको कालु पाँडे मार्गमा सडक भासिनाले मालवाहक गाडीहरू आवत जावत हुन सकेको छैन ।

Share Now

Leave a comment.