कोलम्बो(श्रीलंका), २३ साउन(बीबीसी) । श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले देशमा भएको संसदीय निर्वाचनमा आफू विजयी भएको घोषणा गनुभएको छ।
गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहनभएका उहाँका दाजु महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ।
राजापाक्ष दाजभाइको नेतृत्वमा रहेको दल श्रीलङ्का पीपल्स फ्रन्ट र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै चुनावी वाचानुरूप संवैधानिक परिवर्तन गर्ने बाटो खुलेको छ।
उक्त दलले २ सय २५ मध्ये १ सय ४५ स्थानमा जितेको छ। उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा चुनाव जितेका छन्।

श्रीलङ्कामा गृहयुद्धकालीन रक्षा प्रमुख नयाँ राष्ट्रपति निर्वाचित
महिन्द राजपक्षले भारतका प्रधानमन्त्रीले आफूलाई बधाई दिन फोन गरेको भन्दै ट्वीट गर्नुृभएको थियो।
श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको प्रभाव रहेको छ। तर राजपक्ष बन्धुहरू विवादमा पनि पर्नुृभएको छ।
महिन्द राजपक्ष सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए।
पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ।
श्रीलङ्काको सत्तामा फेरि राजपक्ष दाजुभाइ
अघिल्लो निर्वाचनमा जितेको १ सय ६ स्थानमध्ये उनको दलले १ सय ५ स्थान गुमाएको छ।
अहिलेको परिणामपछि पूर्वराष्ट्रपति रणसिङ्घ प्रेमदासाका छोराले गठन गरेको नयाँ दल दोस्रो ठूलो शक्तिका रूपमा उदाएको छ।
प्रेमदासाको सन् १९९३ मा हत्या भएको थियो।
Heartfelt gratitude to all #SriLankans for placing their trust in President @GotabayaR, myself and the @PodujanaParty and voting for the ‘Saubhagye Dakkama’ election manifesto in overwhelming numbers. We will ensure #lka will not stand disappointed during our tenure. pic.twitter.com/X5FJ9kYZJ5
— Mahinda Rajapaksa (@PresRajapaksa) August 7, 2020
कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलङ्कामा निर्वाचन भएको थियो।
यसअघि दुई चोटि मतदानको मिति सारिएको थियो।
श्रीलङ्कामा अहिलेसम्म ३ हजार भन्दाकम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
विगत
दुवै दाजुभाइलाई विगतमा महिन्द राजपक्षको राष्ट्रपतीय कार्यकालमा तमिल विद्रोहीविरुद्ध हासिल भएको सैनिक विजयको श्रेय दिने गरिन्छ।
अहिलेका राष्ट्रपति तथा उहाँका दाइ गोटाबय राजपक्ष त्यति बेला रक्षामन्त्री हुनुहुन्थ्यो।
गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबय राजपक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए। राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका कारण ती अभियोग फिर्ता गरिएको बताइएको छ।
पहिले गोटाबय राजपक्षलाई राज्यकोषको दुरुपयोग गरेर सङ्ग्रहालय तथा आफ्ना मातापिताको स्मारक बनाएको अभियोग थियो।
तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न दुवैले बर्बर सैनिक कारबाही गरेको आरोप लाग्ने गरेको छ।


















