Prakash Adhikari August 7, 2020

काठमाडौं, २३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको संख्या शुक्रबार अपरान्हसम्म ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा कोरोनाभाइरसका कारण शुक्रबार थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै मृतकको संख्या ७० पुगेको हो ।

बिहीवार पनि मन्त्रालयले ५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४ सय ६४ सङ्क्रमित फेला परेका छन्।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२ हजार २ सय १४ पुगेको छ।

तीमध्ये ६ हजार ३ सय ३० जनामा सक्रिय सङ्क्रमण छ भने अहिलेसम्म १५ हजार ८ सय १४ जना भाइरसमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस

को हुन् मृतक ?

मन्त्रालयका अनुसार अहिले मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्।

तीमध्ये दुई जनाको पाटन र एक जनाको धरानमा मृत्यु भएको हो।

  • वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको साउन २२ गते पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो। उनलाई मधुमेह र उच्च रक्तचाप भएको र श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते उनमा कोभिड पुष्टि भएको थियो। उनी आईसीयूमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।
  • वीरगन्ज श्रीपुरका ७९ वर्षीय वृद्धको साउन २० गते घरमै मृत्यु भएको थियो। मरणोपरान्त परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो।
  • वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।
  • सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो। उनलाई मिर्गौलाको समस्या थियो। साउन १८ गतेदेखि जनकपुर अस्पतालमा डायालिसिस गर्न थालिएको थियो। साउन १७ गते सङ्कलित नमुनाको २१ गते परिणाम आउँदा उनमा कोभिड पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई २२ गते नै धरान पठाइएको थियो।
  • सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो। साउम १९ गते कुकुरले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको र रेबिज रोगको शङ्का गरिएको मन्त्रालयले जनाएको छ। कोभिड परीक्षण गर्दा शुक्रवार बिहान कोरोनाभाइरस पुष्टि भएको थियो।

कोभिड-१९ सँग सम्बन्धित मृत्यु। कुन प्रदेशमा कति जनाको ज्यान गयोरु। शुक्रवार अपराह्णसम्म प्राप्त तथ्याङ्कमा आधारित।

कोभिड-१९ सँग सम्बन्धित मृत्यु. कुन प्रदेशमा कति जनाको ज्यान गयो?. शुक्रवार अपराह्णसम्म प्राप्त तथ्याङ्कमा आधारित.

को हुन् सङ्क्रमित ?

शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये पर्साका १ सय ३८ जना र काठमाडौं उपत्यकाका १ सय ६ जना छन्।

उपत्यकामा अहिलेसम्मै एकैचोटि भेटिएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो। तीमध्ये काठमाडौं जिल्लामा ९१ जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा ४ जना छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण। कहाँ कति सक्रिय सङ्क्रमित छन् र कति जना निको भए रु
शुक्रवार अपराह्णसम्म प्राप्त तथ्याङ्कमा आधारित।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. कहाँ कति सक्रिय सङ्क्रमित छन् र कति जना निको भए?. शुक्रवार अपराह्णसम्म प्राप्त तथ्याङ्कमा आधारित.

अहिलेसम्म फेला परेका कुल सङ्क्रमितमध्ये २१ देखि ६० उमेर समूहका मानिसहरूको सङ्ख्या सर्वाधिक भएको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४ सय २५ रहेको छ।

अहिलेसम्म देशभरमा १५ हजार ८ सय १४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा ५ सय भन्दाबढि संक्रमित भएका जिल्ला काठमाडौं, पर्सा, महोत्तरी र रौतहट रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमित बढ्दै जाँदा बिरामीहरुलाई आइसियु र भेन्टिलेटरमा समेत राख्‍नु परेको छ।

उहाँका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्‍नु परेको छ।

अन्य विवरण

कोरोनाभाइरस
विगत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ९ सय २६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति जना क्वारन्टीनमा छन्?. . शुक्रवार अपराह्णसम्मको विवरण.
अहिले देशभरि विभिन्न स्थानमा १० हजार भन्दा बढी मानिसहरू क्वारेन्टाइनमा छन्।

प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम र प्रदेश नं ५ मा भेटिएका सङ्क्रमितको सङ्ख्या धेरै छ।

प्रदेश नं २ मा मृतकको सङ्ख्या अन्य प्रदेशको भन्दा बढी छ।(स्रोतःबीबीसी नेपाली सेवा)

Share Now

Leave a comment.