Prakash Adhikari August 17, 2020

 

काठमाडौं, १ भाद्र । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।

निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैयाँ बढाएको हो।

अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ।

गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।

अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।

 

Share Now

Leave a comment.