Prakash Adhikari August 21, 2020

 

काठमाडौं, ५ भाद्र । सरकारले विदेशबाट फर्कने व्यक्तिहरुका लागि क्वारेन्टाइनमा बस्नका लागि होटलहरुको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो ।

अब विदेशबाट फर्कने व्यक्तिहरुले पहिले नै आफू कुन होटलमा बस्नुपर्ने हो निर्णय गर्नुपर्ने छ । नेपाल आइसकेपछि कम्तीमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले यसअघि पनि यस्तो सूची सार्वजनिक गरेको थियो ।

सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका मुलुकबाट यात्रु ल्याउने निर्णय गरेको छ । जस अनुसार भदौ १६ गतेदेखि जापान,दक्षिण कोरिया,मलेसिया,हंगकंग, चीन, संयुक्त अरब इमिेट्स(यूएई) मा नियमित उडानहरु सञ्चालन हुनेछन् भने यूरोप, अमेरिका र अष्ट्रेलियाबाट आउने नेपालीलाई ल्याउने उडानलाई पनि अनुमति दिइनेछ ।

उल्लेखित मुलुकहरु बाहेकका देशबाट नेपाली राजदूतावासको समन्वयमा चार्टड उडान गरी नेपालीलाई ल्याउन सकिने छ ।

यसरी नेपाल आउने होटलमा बस्दा होटल अनुसार दैंनिक १५ सय रूपैयाँदेखि १० हजार रूपैयाँसम्म खर्च लाग्नेछ ।

होटल हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://daokathmandu.moha.gov.np/public/upload/1402a3666bab255e6a3f07937faf522f/files/1_converted.pdf

 

Share Now

Leave a comment.