Prakash Adhikari August 30, 2020

नयाँदिल्ली (भारत), १४ भाद्र । भारतमा शनिवार हालसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

शनिबार भारतमा ७८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यस अवधिमा अमेरिकामा ४२ हजार ५ सय १३, ब्राजिलमा ३४ हजार ३ सय ६०, अर्जेन्टिनामा र पेरुमा ९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट भएको दैनिक मृत्युको संख्यामा भने भारत विश्वमा दोस्रो स्थानमा छ ।

शानिवार भारतमा ९ सय ४४ जनाले कारोना संक्रमणका कारण ज्यान गुमाएका वर्ल्डओमिटरमा उल्लेख छ।

यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ९ सय ५४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा ९ सय ४, मेक्सिकोमा ५ सय ५२, कोलम्बियामा २ सय ९७, दक्षिण अफ्रिकामा २ सय ३८, रुसमा १ सय ११, इरानमा १ सय १० जनाले ज्यान गुमाएका छन्।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ।

हालसम्म कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ८६ हजार ८ सय ५५, ब्राजिलमा १ लाख २० हजार ४ सय ९८ , मेक्सिकोमा ६३ हजार ८ सय १९, बेलायतमा ४१ हजार ४सय ९८,इटालीमा ३५ हजार ४ सय ७३, फ्रान्समा ३० हजार ६ सय २, स्पेनमा २९ हजार ११, पेरुमा २८ हजार ६ सय ७ जनाको मृत्यु भैसकेको छ ।

शनिबार मात्र विश्वभर ५ हजार २ सय ८८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

शनिबारमात्रै विश्वभर २ लाख ५७ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ७ सय ४३ पुगेको छ(आइतबार बिहान ८ः२२सम्म) भने संक्रमितको संख्या २ करोड ५१ लाख ६४ हजार २ सय १७ पुगेको छ।

संक्रमित मध्ये १ करोड ७५ लाख ०७ हजार २ सय ५७ जना निको भएका छन् ।

हाल सक्रिय संक्रमित रहेका ६८ लाख १० हजार २ सय १७ जना मध्ये ६१ हजार ३ सय ७० जना गम्भीर अवस्थामा छन् भने ६७ लाख ४८ हजार ८ सय ४८ जना सामान्य अवस्थामा छन् । यो सक्रिय बिरामीको संख्याको ९९ प्रतिशत हो ।

Share Now

Leave a comment.