Prakash Adhikari August 30, 2020

 

पोर्ट अफ स्पेन(ट्रिनिडाड एण्ड टोबाको), १४ भाद्र । क्यारेबियन प्रिमियर लिग (सीपीएल २०२०) अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तल्लाहबाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सबीच भएको खेलमा सन्दीप ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका हुन्।

अघिल्लो खेलमा बार्बेडोस ट्राईडेन्टस् बिरुद्ध पनि सन्दिपले २ विकेट लिएका थिए।

आइतबार बिहान सम्पन्न खेलमा जमैका तल्लाहवाजले सेन्ट किट्सलाई ३७ रनले पराजित गर्यो।

जमैकाले पहिले ब्याटिंग गर्दै दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ ओभरमा १ सय १० रन मात्रै बनाउन सक्यो।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र भिरास्वामी परमौलले समान २ / २ विकेट लिए। मुजिब उर् रहमानले १ विकेट लिए ।

खेलमा पहिले ब्याटिंग गर्दै जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ ओभरमा १ सय १० रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा सुरुवात देखि सेन्ट किट्सले लगातार विकेट गुमाएको थियो। उसको लागि इभिन लुइस र कइरन पावेलले समान २१, निक किलीले १६, दिनेश इम्रिनले १३ र इम्रान खानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछाने  र भिरास्वामी परमौलले समान २ । २ विकेट लिए। मुजिब उर् रहमानले १ विकेट लिएता पनि ४ ओभरमा मात्र १२ रन खर्चिए।

यस अगाडि पहिले ब्याटिडं गर्दै जमैका तल्लाहबाजको लागि ग्लेन फिलिपले अबिजित ७९ रन, जेर्मेन ब्याक उडले २७, नक्रुमह बुनरले १६,आसिफ अलीले १४ तथा कप्तान रोमनोभ पावेल र चाड्विक वाल्सनले एक एक रन जोडेका थिए ।

जमैकालाई रोक्ने क्रममा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सका रायन इम्रिटले ३ तथा सेल्डन कोर्टेल, इश सोधी र इमरान खानले एक एक विकेट लिएका थिए ।

यो जितसंगै जमैका ६ खेलमा ३ जित र ३ हारसहित अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान ६ खेल खेलेको ट्रिनबागो १२ अंक सहित पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोश्रो स्थानमा रहेका छन्।

सर्वाधिक विकेट लिनेमा सन्दीप चौथो

 

सेन्ट किट्स बिरुद्ध २ विकेट लिएपछि नेपाली खेलाडी सन्दीपले यस सिजनमा विकेट संख्या ९ पुर्याएका छन् ।

प्रतियोगिता अन्तर्गत सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध २३ रन खर्चेर १ विकेट, दोश्रो खेलमा ट्रिनबागो नाइट राइडर्सविरुद्ध ३० रन खर्चेर १ विकेट, तेश्रो खेलमा गुयना अमेजन वारियर्सविरुद्ध८ रन खर्चेर २ विकेट, चौथो खेलमा गुयनाबिरुद्ध १२ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा बार्बडोस ट्राइडेण्ट्सविरुद्ध १६ रन खर्चेर २ विकेट लिएका थिए।

उनी धेरै विकेट लिने बलरको सुचीमा चौथो स्थानमा उक्लेका छन्। सन्दीपसंगै मोहम्मद नाबीको पनि समान ९ विकेट रहेको छ। जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान १३ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर र स्कट कुगलेजिनको ११ विकेट रहेको छ जो संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन्। जमैका बिरुद्ध ३ विकेट लिएपछि रायद इम्रिट तेश्रो स्थानमा रहेका छन्।

सन्दीपको प्रदर्शन

आइतबार बिहानको खेलको १२ औं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले सो ओभरमा २ बल डट फाले ३ बलमा एक रन दिए भने तेश्रो बलमा चौका खाए ।

१४ औं ओभरमा दोश्रो स्पेल लिएर आएका सन्दीपले यस ओभरमा दुई बल डट फाले, दुई बलमा एक एक रन दिए, एक बलमा २ रन दिए र एक छक्का खाए । यो ओभरमा उनले १० रन बनाउन दिए ।

१६ औं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले यस ओभरमा ३ बल डट फाले भने दुई बलमा एक एक रन दिए । २१ रन बनाएका लुइस बाहिरिएपछि जमैका खेलमा पूर्णत हावी बनेको थियो।

अठारौं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले यो ओभरमा पनि ३ बल डट फाले । एउटा बलमा २ रन दिए । एक बलमा छक्का खाए र लगत्तै छक्का हान्ने इश सोधीको विकेट लिए ।

४ ओभरमा सन्दिपले २७ रन खर्चेर २ विकेट लिए।

Share Now

Leave a comment.