Prakash Adhikari February 12, 2021

काठमाडौँ, ३० माघ  । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ ।

समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।

धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष बुद्धबहादुर थापा, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, चिकित्सक प्रा डा गोविन्द केसी, नेपाल शिक्षक सङ्घका सीता खड्कालगायतले नेपालको संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गर्नुभयो ।

समाजले मुलुकमा पछिल्ला समयमा बढ्दै गएको बालिका, किशोरी, महिला बलात्कारको सिलेसिलेवार अपराधबाट चिन्तित बनेको उल्लेख गर्दै त्यस्ता सबै घटना छानबिन गरी अपराधीलाई दण्डको कठघरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको थियो ।

Share Now

Leave a comment.