प्रकाश अधिकारी
काठमाडौं, २८ बैशाख । नेपाल मेडिकल कलेज जोरपाटीले मंगलबार अहिले ४ बजेसम्म मात्रै पुग्ने अक्सिजन रहेको र त्यसपछि उपलब्ध गराउन संभावना कतै नदेखिएको भन्दै अस्पतालमा अक्सिजनको आवश्यक पर्ने विरामीहरुलाई डिस्चार्ज गर्ने सूचना जारी गरेको छ ।
नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो, सुविधा सम्पन्न, जनशक्ति र पूर्वाधारयुक्त मानिएको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालले पनि अक्सिजनको आपूर्तिका अभावमा कोरोना संक्रमणका जटिल बिरामीलाई भर्ना नलिने सूचना जारी गरेको छ ।
यता भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।
राजधानीबाहिर दाड.को तुुलसीपुर उपमहानगरपालिकास्थित बेलझुण्डी अस्पतालमा पनि अक्सिजनकोअभाव भएको त्यहाँका नगरप्रमुखले बताउनुभएको छ ।
कोरोनाको हटस्पट बनेको बाँकेको नेपालगञ्ज कैलालीको धनगढी लगायतका स्थानमा पनि अक्सिजन आपूर्ति सहज भएको समाचार पाइएको छैन ।
संक्रमितका आफन्त अक्सिजन खोजी गर्दै उद्योगमै लाइन बस्न थाले https://t.co/zBJEj7L9N5
— Thaha Khabar (@ThahaKhabar) May 11, 2021
महेन्द्रनगर,कर्णाली,बुटबल र राजधानीका थुप्रै अस्पतालहरुमा अक्सिजनको अभाव भएका समाचारहरु विगत हप्ता दिन यता समाचारहरुमा छाइरहेको छन् ।
राजधानीका अस्पतालहरुमा बेड र अक्सिजन खोज्दा खोज्दै विरामीहरुले जीवन गुमाएका कथाहरु समाचारपत्रहरुमा थपिदै जान थालेका छन् ।
स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले मंगलबार गर्नुभएको पत्रकार सम्मेलनमा उहाँले उहाँले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी बताउनुभयो । यसको अर्थ सरकार कोरोनाको रोकथाम नियन्त्रण र संक्रमितको उपचारको बढ्दो जोखिम धान्न नसक्ने अवस्थामा पुगेको छ । मन्त्री त्रिपाठीले उहाँेले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेको पनि स्वीकार्नुभयो तर त्यसको सहज आपूर्ति कसरी गरिंदै छ र कहिलेसम्म हुन्छ भन्ने बताउन चाहिं सक्नुभएन।
स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक भैसकेको स्वास्थ्यमन्त्री त्रिपाठीको जिकिर
उत्पादन मागको आधामात्र
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि नौ वटा अक्सिजन प्लान्टले दैनिक सात हजार २०० सिलिण्डर उत्पादन गरेको बताउनुभयो ।
“दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको छ,” उहाँले भन्नुभयो, “ अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर छ । ”
वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । “विद्युतबाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारीमा छौ”, उहाँले भन्नुभयो, “ विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिँदैनौ । ”
उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ । उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको छ । “धेरै बिरामीलाई अक्सिजन चाहिएको छ । उत्पादनको आधारमा पु¥याउन सकेका छैनौ”, उहाँले भन्नुभयो, “अक्सिजनको अभावले मानवीय क्षति हुन नदिन हामी सचेत छौ । ”
नेपालमा उत्पादन कम भएकोले दातृनिकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ । ति तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट तीन सरकारी र तीन निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् ।
सिसिएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पु¥याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।
टेष्ट किटको अभाव !
यता कोरोना संक्रमितहरुको स्वाब परीक्षण र उपचारको केन्द्रको रुपमा मानिदै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेष्ट किट सकिएर कोरोना संक्रमितहरुको पीसीआर परिक्षण नै रोकिएको छ ।
Glimpses of Teku Hospital yesterday as Covid-19 patients inflow has greatly surged in Government hospitals.
Private hospitals are exorbitantly charging a deposit of Rs 100k to Rs 300k from each patient before treatment with bed charges ranging from 8k to 50k.
📸 @NaveshChitrakar pic.twitter.com/SkluRK82WA— Niraj B (@NirajNPL) May 7, 2021
अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभएको छ । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।
“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।
यता मध्यपुर अस्पताल भक्तपुरका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने बताउनुभएको छ ।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।
यस्तै नेपाल मेडिकल कलेज अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएकोले विरामी डिस्चार्ज गर्र्न कदम लिनुपरेको बताउनुभएको छ । उहाँले यसको जानकारी स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षलाई दिइएको बताउनुभएको छ ।
चार अस्पतालद्धारा विरामी नलिने घोषणा
यस अगाडि नै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाउदै विज्ञप्ति नै निकालेका थिए । उनीहरुले पनि अक्सिजनको अभाव भएको भन्दै थप बिरामी भर्ना गर्न नसक्ने बताएका हुन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उपचार गर्न नसकिकने बताएका थिए ।
अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र अस्पतालले सञ्चालनमा ल्याएर सेवा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।
सामाजिक सञ्जालमा चेतावनीका स्वरहरु
देशमा चैत्रमासको डँढेलो जसरी फैलिदै गएको कोरोना संक्रमणको रोकथाममा लाग्नुपर्ने सरकार अनावश्यक विश्वासको मत लिएर मुलुकमा राजनीतिक संकट गहिर्याउन लागि परेको धेरैलाई मन परेको छैन् ।
सामान्य चेत अर्थात विवेक भएका नागरिकहरुले सरकारलाई कोरोनाको संभावित दुष्परिणामलाई रोक्न सम्पूर्ण तयारी गर्न आग्रह गरेका छन् ।
कुल जनसंख्याको अनुपातका आधारमा नेपालको कोरोना कहरले भारतलाई उछिनि सकेको छ। स्थिती साँच्चिकै चुनौतीपूर्ण छ।
नागरिकको ज्यान भन्दा ठूलो केहि छैन। सरकारले युद्धस्तरको तयारी र प्रतिकार्य गरोस्। तु २४ सै क्रियाशिल रहने वाररुम। सतर्कता अपनाउँ। महामारीबाट बचौं। pic.twitter.com/ow5eRDbCXT— Surya Raj Acharya (@SuryaRAcharya) May 11, 2021
अन्त्येष्टि गर्ने ठाँउ पुगेन , दिनको दुई सय माथी जान थाले , अब अहिले चाहियो खोप ? मर्ने बेला हरियो काँक्रो ! बेड , अक्सिजन चाहियो पहिले ! प्राथमिकीकरण गर्नु पर्यो !
— Binod Neupane (@Neupane1Binod) May 11, 2021
हो यो मैले पोस्ट गरेको हो। म रामेश कोइरालाले नै पोस्ट गरेको हो। मृत्यु टुलुटुलु हेर्नु परेरै लेखेकै हो। म कार्बाही भोग्न तयार तर जनताले यिनलाई भोग्न नपरोस्!🙏🙏🙏 pic.twitter.com/i830Bujwg9
— रामेश (@RaameshKoirala) May 11, 2021
यिनको जागीर पर्सिसम्म रहला नरहला, तर सही बोले। यो देश यो पाराले चलाउन हुन्न। अस्पतालले धान्न सकिरहेका छैनन्।🙏🙏🙏🙏 https://t.co/MxixyFJ24n
— रामेश (@RaameshKoirala) May 11, 2021


















