Prakash Adhikari May 22, 2021

काठमाडौं, ८ जेठ । लोकतन्त्र जनताको इच्छा र आवश्यकता अनुसार शासन गर्ने उत्तम राजनीतिक व्यवस्था हो । तर नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के.पी. ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले कोरोना संक्रमणको महामारीका कारण देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा  निषेधाज्ञा लागेको समयमा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेको छ ।

 

प्रतिनिधिसभाको बजेट अधिवेशन सञ्चालन गरेर देशमा फैलिएको महामारी नियन्त्रण गरेर मुलुकको आर्थिक सामाजिक अवस्था सामान्य बनाउन सर्वस्वीकार्य बजेट ल्याएर त्यसको कार्यान्वयन गर्नुपर्ने बेलामा संविधानतः विघटन नै गर्न नपाउने प्रतिनिधिसभा विघटन गरेर युद्ध जितेको जस्तै दंग हुनुभएको छ प्रधानमन्त्री । आफैले पानापानामा हस्ताक्षर गरेको संविधानको हुर्मत लिंदा, जनताको पक्षमा काम गरिरहेको र आफ्नो बर्चश्व रहेका प्रतिनिधिसभालाई विघटन गर्दा र खोप,अक्सिजन र स्वास्थ्योपचारको अभावमा जनता मरिरहेको बेला समस्यामा परेका नेपालीलाई बचाउन छाडेर निर्वाचनको तृष्णा प्रधानमन्त्रीलाई जागेकोमा सचेत नागरिकहरुले प्रश्न उठाएका छन् ।

 

चुनाव त जो सरकारमा छैन, जसले अघिल्लो चुनाव हारेको थियो उसले माग गर्नुपर्नेमा सरकारमा प्रधानमन्त्रीको कुर्सीमै बसेको गर्न खोजेको छ । संविधान, देश र जनताप्रति अनुत्तरदायी बन्दै सत्ताको उन्मादमा भएको प्रतिनिधिसभा विघटन र निर्वाचनको घोषणामा कसले के भने ? सामाजिक सञ्जाल ट्वीटरबाट :

 

Share Now

Leave a comment.