काठमाडौं, ७ आषाढ । नेपाली कांग्रेसका प्रवक्ता युवा नेता विश्वप्रकाश शर्माले मेची अञ्चलका अस्पतालहरुलाई २५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ ।
उहाँले सोमबार आफ्नो ट्रवीटरमा ती अक्सिजन कन्सन्ट्रेटरहरु मेची अभियानलाई हस्तान्तरण उल्लेख गर्नुभएको छ ।
उहाँले मेची अञ्चलका झापा,इलाम,पांचथर र ताप्लेजुङको अत्यावश्यक ठाउँमा ती कन्सन्ट्रेटरहरु पुर्याइने बताउनुभएको छ ।
#२५_अक्सिजन_कन्सन्ट्रेटर मेचि अभियानलाई हस्तान्तरण गरेको छु l झापा,इलाम,पांचथर र ताप्लेजुङको अत्यावश्यक ठाउँमा साथीहरूले पुर्याउनु हुनेछ l
NRN ले २० र करुणा फाउन्डेसनले ५ वटा पठाइदिंदा संकटमा महत्त्वपूर्ण राहत भएको छ l दुवै संस्थालाई स्थानीय जनताका तर्फबाट लाखलाख धन्यवाद l pic.twitter.com/tarP2b5TFo
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 21, 2021
नेता शर्माले मेची अञ्चलबासीलाई कोरोना जस्ता अक्सिजन आवश्यक पर्ने रोगसंग लड्न सुरु गरेको मेची अभियानप्रति विश्वास गरी गैरआवासीय नेपाली संघले २० र करुणा फाउन्डेसनले ५ वटा अक्सिजन दिएकोमा दुवै संस्थालाई स्थानीय जनताका तर्फबाट धन्यवाद पनि दिनुभएको छ ।


















