Prakash Adhikari July 22, 2021

काठमाडौं, ७ साउन । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जापानी राजदूत किकुता युताकाले १६ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् उक्त जानकारी दिँदै आगामी भविष्यमा पनि जापान सरकारबाट थप खोपको अपेक्षा गरिएको उल्लेख गर्नुभएको छ ।

जापान सरकारले नेपाललाई दिन लागेको एस्ट्राजेनेका खोप हो ।

Share Now

Leave a comment.