Prakash Adhikari December 15, 2021

 

काठमाडौं, २९ मंसिर । लोकसेवा आयोगले एकै पटक ठूलो संख्यामा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ८४ सिटका लागि विज्ञापन खोलेको हो ।

यसमा दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ ।

दरखास्त बुझाउने मिति पुस २० गरेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि पुस २८ गतेसम्म बुझाउन सकिनेछ ।

सरकारी सेवामा प्रवेश गरी राष्ट्र सेवा गर्नका लागि लोक सेवा आयोगले परीक्षा लिने संवैधानिक व्यवस्था छ ।

पेशागत सुरक्षाका दृष्टिले सरकारी जागीर राम्रो मानिने भएकोले लोक सेवाको विज्ञापनमा अत्यधिक दरखास्त पर्ने र कडा प्रतिस्पर्धा हुने गर्दछ ।

Share Now

Leave a comment.