Prakash Adhikari December 15, 2021

काठमाडौं, २९ मंसिर । शेयरबजार परिसूचकामा बुधबार सामान्य गिरावट आएको छ । सूचक ४.३ अंकले घटेर २४१४.६२ विन्दुमा अडिएको छ ।

बुधबार ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सामलिङ पावर कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन सेयर बजारमा निकै उतारचढाव देखियो । मंगलबार ६ प्रतिशतले सकारात्मक सर्किट लागेर बन्द भएको बजार बुधबार पनि उकालो यात्रामा लागेको थियो । नेप्से २४९२ विन्दु आपपाससम्म पुगेपछि कारोबारीले नाफा बुक गरे ।

त्यसपछि केही तल झर्यो । यसरी घटेको बजार पटकपटक माथि पनि गयो । फेरि तल ओर्लियो ।

बुधबार २ सय २८ कम्पनीको ९८ लाख ८९ हजारभन्दा बढी कित्ता सेयरको किनबेचबाट १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको छ ।

खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेसनल हाइड्रोपावर र तेस्रोमा अपि पावर परेका छन् ।

Share Now

Leave a comment.