Prakash Adhikari December 30, 2021

काठमाडौं, १५ पौष । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नाईन एन एएलवाई संकेत कल साइनको बाइड बडी विमानले मर्मत पछि नियमित उडान थालेको छ भने दोहामा भूमिस्थ भएको नाइनएन एककेडब्ल्यु कल साइनको न्यारो बडी जहाज सगरमाथाको भने इञ्जिन नै फेर्नुपर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ ,”निगमको वाइड बडी ३३० विमान नाइनएन एएलबाई (9N-ALY) बाट २८ डिसेम्बर २०२१ मा काठमाडौं नारिता आ।इ ४३३ नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिएको थियो। विमानको आवश्यक चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्रयाक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको र श्रीलंकाबाट आवश्यक पार्टपूर्जा भित्र्याई निगमकै दक्ष इञ्जिनियरिड. टिमबाट मर्मतगरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाई सोही विमानबाट काठमाडौं दिल्ली नियमित उडान पनि गरिसकिएको छ ।”

निगमले न्यारोबडीको जहाजमा देखिएको प्राविधिक समस्याका बारेमा पनि यथार्थ जानकारी दिएको छ ।

निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “निगमको न्यारोबडी ३२० विमान ९एन एकेडब्ल्यु(9N-AKW)बाट २८ डिसेम्बर २०२१ मा काठमाडौं दोहा आरए २३७ नियमित उडानमासुरक्षित अवतरणपश्चात पार्किड. गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिकि समस्या देखिन गएको र उक्त समस्याको थप निरीक्षण दोहास्थित कतार एअरवजको इञ्जिनियरिड. टिमल गर्दा बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान भएको छ ।उक्त इञ्जिनको उत्पादनकर्ता पीडब्ज्यू।ऋाइएईसंग निगम व्यवस्था-9पनले आवश्यक परामर्श लिंदा इञ्जिनलाई रिप्लेस गरी रिपेयर गर्न सुझाए बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउने आवश्यक प्रक्रिया अघि बढाइएको छ ।”

 

Share Now

Leave a comment.