Prakash Adhikari January 1, 2022

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको शनिवार निर्धारित निर्वाचन कार्यक्रम आइतबारको लागि सरेको छ।

केन्द्रीय पदाधिकारी र सदस्यमा सहमति जुटाउन नेताहरु व्यस्त भएपछि शनिवार साँझ गरिने भनिएको निर्वाचन सरेको हो । निर्वाचन समितिले आइतवार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ।

मतदान कार्यक्रम आइतबार साँझ ६ बजेर ४५ मिनेटदेखि राति १० बजेर २५ मिनेटसम्मलाई तोकिएको छ।

नेतृत्व चयनको वैधानिक प्रावधान

नेकपा माओवादी केन्द्रको शनिवार पारित संशोधित विधानमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने प्रावधान राखिएका छन्। विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ।

यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ। कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ।

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ

Share Now

Leave a comment.