Prakash Adhikari January 19, 2022

 

काठमाडौं, ५ माघ । नेपाली कामदारले ६ वर्षपछि इजरायल रोजगारीको अवसर प्राप्त गरेका छन्। आज (बुधबार) रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदैछन्।

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारका अनुसार इजरायल उड्ने तयारीमा रहेका १ सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेका हुन्।

हालसम्म इलरायल सरकारले ९ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ।

विभागले इजरायल रोजगारीका लागि १ हजार ६ सयजनाको अन्तिम छनोट गरिसकेको छ। जसमा ७० प्रतिशत महिला छन्।

दोस्रो चरणमा १४ र १५ माघमा १ सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ।

दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ। यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् ।

इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ।

इजरायल र नेपाल सरकारबीच २०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो।

Share Now

Leave a comment.