Prakash Adhikari January 19, 2022

 

कीर्तिपुर(काठमाडौं), ५ माघ । प्रधानमन्त्री टी २० क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको विभागीय टिम(एपीएफ क्लब)ले जितेको छ ।

राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ क्लब)टिमले नेपाल प्रहरीको विभागीय टिम(पुलिस क्लब)लाई २१ रनले पराजित गरी सो उपाधि हासिल गरेको हो ।

खेलमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पुलिस क्लबले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरको खेलमा पूरै ओभर ब्याटिड. गर्दै सात विकेटको क्षतिमा १ सय ३६ रनमात्र बनाउन सक्यो ।

पुलिस क्लबका लागि दीपेन्द्रसिंह ऐरीले ६५,दीलिपनाथले २३,आरिफ शेखले १२, अनिल साहले १०, गुल्शन झाले ५, रसिद खानले ४ र अमित श्रेष्ठले ३ रन र योगेन्द्रसि कार्कीले १ रनको योगदान दिए ।

पुलिस क्लबलाई रोक्ने क्रममा एपीएफ बलका किशोर महतोले ३ तथा अविनास बोहोरा,अमर रौटेला र दीपक बोहोराले १। १ विकेट लिए ।

यसपूर्व टस हारेर ब्याटिड. गरेको एपीएफले २० ओभरको निर्धारित खेलमा सबै विकेट गुमाउदै १ सय ५७ रन जोडेको थियो ।

एपीएफका लागि अमर रौटेलाले २९ रन, लोकेश बमले २७ रन, सन्दीप जोराले २४ रन, शरद भेषवाकरले १९ रन, भुवन कार्कीले १७ रन, आशिफ शेखले ९, किशोरी महतोले ८ रन,प्रदीप ऐरीले ७ रन, दीपक बोहोराले ६ रन र अविनास बोहोराले १ रनको योगदान गरेका थिए ।

एपीएफलाई रोक्ने क्रममा पुलिस क्लबका सागर ढकालले ३, गुल्शन झाले २ र आरिफ शेखले १ विकेट लिएका थिए ।

आजको खेलमा प्लेअर अफ द म्याच ३ विकेट लिने एपीएफका किशोरी महतो भए भने प्लेअर अफ द सेरिज आशिफ शेख भए ।उनले खेल अवधिमा २ सय २७ रन जोडेका थिए ।

 

 

 

Share Now

Leave a comment.