Prakash Adhikari January 19, 2022

 

काठमाडौं, ५ माघ । मेगा बैंकको बोनस शेयर शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मेगाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२०६७ सालमा स्थापना भई सोही बर्षदेखि सञ्चालनमा आएको मेगा बैंक देशभर रहेका २०३ शाखा २५ विस्तारित काउण्टरहरु तथा १ सय ३९ वटा एटीएम बुथसहित ५९ शाखारहित बैंकिड.सेवा तथा ३ हजार २ सयभन्दाबढी मेगा रेमिट एजेण्टका माध्यमबाट आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ।

मेगा वैंकले संस्थागत क्षेत्र,साना तथा मझौला उद्यम, उपभोक्ता तथा साना ग्राहकहरुलाई बैंकिड.क्षेत्रका विस्तारित सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*