Prakash Adhikari March 15, 2022

काठमाडौं ,१ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित हुनुभएको छ ।

महासंघको शुक्रबारदेखि आइतबारसम्म चलेको २३औँ साधारणसभा एवं १२औँ अधिवेशनले सिंहलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

महासंघको अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचन समितिका अनुसार रवि सिंहले ७ सय ६५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले तीन सय ३७ मत पाउनुभयो ।

अर्का प्रत्यासी हुमनाथ कोइरालाले भने मात्र ३२ मत ल्याउनुभयो ।

यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा ‘एडी’ निर्वाचित हुनुभयो भने उपाध्यक्षहरुमा एसोसियटबाट राम्जी पन्त, प्रदेश १ बाट मोहन प्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, गण्डकीबाट खिम प्रसाद मल्ल, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित हुनुभएको छ ।

निर्माण व्यवसायी महासंघको महासचिवमा रोशन दाहाल, उपमहासचिव नीतिगतमा शिवहरि घिमिरे र आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरान श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा प्रमोद लामिछाने, चन्द्रशेखर मल्ल, अशोक कुमार केसी, राजकुमार वास्ताकोटी र रविन जोशी, जनकराज तिमिल्सिना, सोविन्द्र चौधरी, उत्तम भट्ट, कर्ण बहादुर खड्का, दान बहादुर खड्का, दिनेश कुमार सिंह, उज्वल गौतम, एनसी शेर्पा, रेजन्त कुमार बस्नेत, दिनेश रिजाल निर्वाचित हुनुभएको छ ।

यसैगरी सिर्जना शाही, रिता शाही, गंगा पोखरेल, यमुना भट्ट, रमाकान्त प्रसाद चौरासिया, उपेन्द्र कुमार घिसिङ, नवराज खड्का र तेज कुमार राई सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रदेश सदस्यहरुमा प्रत्येक प्रदेशबाट एक एक जना निर्वाचित हुनुभएको छ ।

प्रदेशबाट सदस्यमा निर्वाचित हुनेहरुमा दिपक कार्की, नन्दकिशोर साह, विष्णुप्रसाद लामिछाने, सुरेश श्रेष्ठ, यज्ञबहादुर खत्री, हिमबहादुर बुढा र किशोर ठकुराठी रहनुभएको छ।

निर्वाचित पदाधिकारीमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष दोहोरिनुभएको छ ।

Share Now

Leave a comment.