काठमाडौं, १३ बैशाख। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको छ।
कम्पनीले आज (वैशाख १३) देखि बिक्री खुला गरेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ।
आईपीओमा आवेदन दिने अन्तिम दिन वैशाख २७ गते हो। सो अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन मिति जेठ ११ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले प्रवर्द्धन गरिरहेको दोर्दी १ जलविद्युत आयोजनाको जडित क्षमता १२ मेगावाट छ।








