काठमाडौं, १३ बैशाख । एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउन्डेसन र बागमती माध्यमिक विद्यालय, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ ।
झोला वितरण समारोहमा बैंकका मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित हुनुहुन्थ्यो । त्यस्तै पुकु दिदी फाउन्डेसनबाट श्रीमती शोभा पौडेललगायत सदस्यहरू उपस्थित हुनुहुन्थ्यो ।
बैंकले विद्यार्थीहरुलाई झोला दिनुको साथै विद्यालयलाई इन्भर्टर र ब्याट्री वितरण गरेको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख पोख्रेलले यो सहकार्यले विद्यार्थीहरूमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको थिो।
विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले सन् २०१७, २०१८ र २०२० मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


















