
काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
आइतबार बिहान घोषित निर्वाचन परिणाम अनुसार पाण्डे ३१ हजार ७ सय ८६ मत सहित निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत पाउनु भयो।
सुरुदेखि नै अग्रता कायम गर्नुभएका नेका सहमहामन्त्री पाण्डेले एमालेका उम्मेदवार थापालाई ५ हजार ४ सय ३७ मतले पराजित गर्नुभएको हो ।
निर्वाचनमा राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २ सय ७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत प्राप्त गर्नुभयो ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (क) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित हुनुभएको छ ।