काठमाडौं, २३ पौष । काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्पमा लागेकोे आगो नियन्त्रण भएको छ।
टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।
आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो।
एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो।
क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।