Prakash Adhikari January 7, 2023

काठमाडौं, २३ पौष । आज नेपाली कांग्रेसकोे संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ।

बैठकमा २५ गतेदेखि आरम्भ हुने संसदको हिउँदे अधिवेशनमा पार्टीले लिने रणनीति, यही पौष २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्र्ने विषयमा छलफल हुने छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चयन निर्वाचित हुनुभएको छ भने उहाँले दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गर्नुभएको छ ।

संसदीय दलको बैठकअघि कांग्रेस सभापति देउवाले शुक्रबार पार्टीका पदाधिकारीहरुसंग छलफल गर्नुभएको थियो ।

उहाँले बुधबार बिहान सत्तारुढ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग र बिहीबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो।

माओवादी केन्द्रसहितको गठबन्धन बनाएर स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा होमिएको कांग्रेसलाई धोका दिएर १० गते बिहान माओवादी अध्यक्ष प्रचण्डले नेकपा एमालेसहितको गठबन्धनमा गएपछि नेपाली कांग्रेस सरकारको गठन गर्ने दौडबाट बाहिरिएको थियो ।

Share Now

Leave a comment.