ढाका(बंगलादेश), २७ आषाढ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय टोली मंगलबार बंगलादेश पुगेको छ । साफ च्याम्पियनसिपको फाइनलको झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ ।
गत वर्ष दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन लागेको मैत्रीपूर्ण खेल असार २८ र ३१ गते हुनेछ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफमा भएको अनपेक्षित हारलाई यस पटक बिर्साउने गरी जीतको माला पहिरिने बताउनुभएको छ ।
बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ ।
एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । मैत्रीपूर्ण खेलले एसियाडको तयारीलाई पनि फाइदा पुग्ने विश्वास प्रशिक्षक थापाले लिएका छन् ।
नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडपिफल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)
व्यवस्थापक – विन्द्रा देवान