Prakash Adhikari October 12, 2023

काठमाडौं, २५ असोज । हमाससंगको युद्धमा होमिएको इजरायलमा अलपत्र परेका नेपालीको उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

मन्त्री साउद सहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान साढे ३ बजे मन्त्री राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजमा इजरायलतर्फ उडेको हो । जहाँज साउदी अरेविया हुँदै इजरायल जाने कार्यक्रम छ ।

नेपाल वायुसेवा निगम सम्बद्ध अधिकारीहरुले जहाज आज राति १२ः३० बजे काठमाडौं उत्रिने जानकारी दिएका छन् ।

उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने छ।

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ।

इजरायलमा हमासको हमलामा परी १० नेपाली विद्यार्थी मारिएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

पहिलो चरणमा बिहीबार २ सय ५४ विद्यार्थीलाई स्वदेश ल्याउने तालिका छ।

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। तीमध्ये २ सय ५४ विद्यार्थीलाई बिहीबार साँझ स्वदेश ल्याइपुर्‍याउने तालिका छ।

इजरायलतर्फ उडेको नेपाल वायुसेवा निगमको एयरबस ३३० २०० वाइडबडी जहाज २ सय ७४ सिट क्षमताको मात्र छ।

Share Now

Leave a comment.