Prakash Adhikari October 29, 2023

 

काठमाडौं, ११ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरुलाई पाखा लगाउने दाबी गर्नुभएको छ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरुले जनताका लागि केही गर्न नसक्ने भएकाले तिनलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने उल्लेख गर्नुभयो।

दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा थुना मुक्त गरेर दलहरुले जनताको मतलाई उपहास गरेको उहाँले टिप्पणी गर्नुभयो। उहाँले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने गरि आफूहरुले काम गर्ने उल्लेख गर्नुभयो।

उहाँले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरु अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको जिकिर गर्नुभयो। सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्यको सपना देखाएर नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनुभयो।

त्यस्तै उहाँले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाउनुभयो।

Share Now

Leave a comment.