Prakash Adhikari May 2, 2018

नयाँ दिल्ली(भारत),१९ बैशाख । अरुण-३ जलविद्युत आयोजनाले इलेक्ट्रो मेकानिकल कामको लागि भारतीय कम्पनीसँगै ठेक्का सम्झौता गरेको छ।

भारतीय कम्पनी ‘भारत ह्याभी इलेक्ट्रिकल लिमिटेड’ (बिएचइएल) र अरुण-३ जलविद्युत आयोजना बिच  मंगलवार ठेक्का सम्झौता भएको छ।

बिएचइएलले ९०० मेगावाट क्षमताको आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का नेपाली रुपैयाँ ८ अर्ब ५७ करोड ६० लाखमा लिएको छ।

बिएचइएलले आयोजनाको इलेक्ट्रो मेकानिकल कामको डिजाइन, इन्जिनियरिङ, उत्पादन, निर्माण, आपूर्तिदेखि सबै कामको जिम्मा पाएको हो।

कम्पनीले २२५ मेगावाटको चार वटा भर्टिकल फ्रान्सिस टर्वाइन र चार वटै जेनेरेटर सेटपनि आयोजनाको लागि आपूर्ति गर्ने जनाइएको छ।

भारतीय कम्पनी एसजेभिएनले अरुण तेस्रोको निर्माण गर्दै छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आयोजनाको शिलन्यास गर्ने तयारी गरिएको छ।

Share Now

Leave a comment.